धरान, गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘गरिमा समर क्याम्प–२०८२’ विविध कार्यक्रम गरि आज समापन भएको छ।

गरिमा डान्स सेन्टरका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्व एन प्याव्सन धरानका अध्यक्ष भगत लिम्बुको प्रमुख आतिथ्यमा धरान–१५ सदन सभा भवनमा उक्त समर क्याम्प समापन कार्यक्रम भएको हो।

IMG-20250816-WA0046समर क्याम्पमा बालबालिकाहरुले सिकेका नृत्य, क्याटवाक/र्याम्पवाक, वाककलालगायतको प्रतिभा प्रस्तुत गरि साथै प्रमाणपत्र ग्रहण गरेर उक्त समर क्याम्प–२०८२ समापन भएको हो। 

IMG-20250817-WA0002कार्यक्रममा प्रमुख अतिथी लिम्बु सहित धरान उप–महानगरपालिका न्याय पालिका सदस्य एवं धरान–१४ का वडा सदस्य झरना मुखिया (पौडेल), समाजसेवी तथा व्यवसायी टंककुमारी गुरुङ, सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राई र एसियन थाई फुड्स प्रा.लि.का धरान एरिया अफिसर तथा कलाकार अमित गुरुङलगायतले बालबालिकालाई प्रमाणपत्र प्रदान गरेका छन्।

IMG-20250816-WA0043 3प्रमुख अतिथी एन प्याव्सन धरानका अध्यक्ष लिम्बुले मन्तव्यको क्रममा विद्यार्थीहरुले विद्यालयको शिक्षा ग्रहण सँगसँगै आफनो प्रतिभालाई पनि अगाडी बढाउन जरुरी रहेको बताएका छन्। 

हालको परिपेक्षमा विद्यार्थीहरुले आफनो प्रतिभालाई निखार्दै अब्बल बन्न सके आफनो प्रतिभालाई पेशा समेत बनाउन सक्ने र प्रतिभा अनुरुपको पेशाबाट नाम कमाउदै राम्रो जीवनयापन गर्न सक्ने बताएका छन्। 

Polish_20250817_022555182गर्मीको बिदामा बसेका बालबालिकाहरुलाई बिदाको सदुपयोग गरी उपयोगी कला तथा प्रतिभाहरु सिकाउने उदेश्यले आयोजित उक्त समर क्याम्पमा धरानका १५ वटा विद्यालयका ३६ जना बालबालिकाहरुले डान्स, क्याटवाक/र्याम्पवाक, पब्लिक स्पीकिङको प्रशिक्षण लिनुका साथसाथै भ्रमण, स्वीमिङलगायतको गतिविधीमा संलग्न समेत भएका थिए। 

IMG-20250817-WA0005साउन १ गते देखि १४ पहिलो समुह र १४ गते देखि २८ गते दोस्रो समुह गरि दुई समुहले दुई/दुई हप्ताको अवधिमा प्रशिक्षण लिएको गरिमाकी संचालक तथा प्रशिक्षक सन्जु राई (सुमित्रा)ले जानकारी गराईन्। 

उक्त ‘गरिमा समर क्याम्प–२०८२’का बालबालिकाहरुलाई नृत्यहरु नृत्य निर्देशक बिनिता राई, पावल राई, क्याटवाक/र्याम्पवाक हिमाल बिश्वकर्मा र वाककला (बोल्ने कला) को तालिम सन्जु राई(सुमित्रा)ले प्रदान गरेका हुन्।

तस्बिर : प्रशान्त श्रेष्ठ IMG-20250816-WA0020 1

IMG-20250816-WA0039

IMG-20250816-WA0024