धरान, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल उपमहानगर कमिटि धरानद्वारा सोमबार ‘तीज स्पेशल–२०८२’ कार्यक्रम सम्पन्न भएको छ।
धरान–१८ स्थीत लुलु होटलमा सौन्दर्यकर्मी युनियन धरानकी अध्यक्ष सुनिता श्रेष्ठको सभापतित्व कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठको प्रमुख आतिथ्य, पुर्व कोशी प्रदेश सभा सदस्य साबित्री जोशीको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम भएको हो।
तीजको अवसरमा महिलाहरु दर खाने, नाच्ने, गाउने रमाईलो गर्ने गरिएकोमा आयोजक राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल उपमहानगर कमिटि धरानले भने रमाईलोको साथै विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएका महिलाहरुलाई सम्मान गरेको छ।
जसमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल उपमहानगर कमिटि धरानकी पूर्व अध्यक्ष नरमाया तामाङ, उद्यमी तथा शीप प्रशिक्षक पूर्णकला मास्के, गायिका तथा कलाकार अम्बिका दवाढी (ढकाल), समाजसेवी शीला बज्रचार्य, धार्मिक अभियान्ता दुर्गा काफले, सामाजसेवी तथा शिक्षासेवी कोपिला भट्टराई तलगायतलाई सम्मान गरिएको छ।
महिला दिदीबहिनीहरुसँगै चार्ड मनाउँदै समाजका अग्रणी महिलाहरुलाई सम्मान गर्ने उदेश्यले उक्त तीज स्पेशल कार्यक्रम आयोजना गरेको बताउँदै आयोजक राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल उपमहानगर कमिटि धरान अध्यक्ष सुनिता श्रेष्ठले समाजका अग्रणी महिलाहरुको सम्मान गरे मात्रै हरेक आफुहरु पनि भविष्यमा सम्मानित हुने बताईन्।
कार्यक्रमको प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठले विगतमा विभिन्न प्रकारका महिलाहरुको आन्दोलनले महिलाका हक, अधिकार प्राप्त भएको र ती अधिकारलाई प्रयोग गरि महिलाहरु सशक्त भएर अगाडी बढ्नु पर्ने बताईन्।
उनले महिलाहरु आफना बाबु, दाजुभाई, श्रीमान वा छोरा कसै प्रति निर्भर नभई आत्म निर्भर भएको अवस्थामा मात्रै सशक्त बन्न सक्ने रहेको र अहिलेको अवस्थामा महिलाहरु सशक्त बन्न आर्थिक रुपमा आत्म निर्भर हुनु जरुरी रहेको बताउँदै, स्वरोजगारी तथा उद्यमी बन्ने तर्फ लाग्नु पर्ने बताईन्।
महिलाहरु आर्थिक रुपमा आत्म निर्भर र सक्षम भएमा मात्र घरपरिवार, समाजमा सम्मानित भएर बाँच्न सक्ने प्रमुख अतिथी श्रेष्ठले बताईन्।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको केन्द्रिय सचिवालय सदस्य ममता प्रधान, चर्चित बुलेट आमा सुसिला तिवारी, महिला संजाल धरानका अध्यक्ष साबित्री ईवारमलगायतको उपस्थीति रहेको उक्त कार्यक्रममा गायिका अन्जु गौतम (आचार्य), गायिका अम्बिका दवाडी (ढकाल), सरस्वती रिमालले गीत प्रस्तुती रहेको थियो भने उपस्थीत सबैले तीजका गीतहरुमा नृत्य गरेका थिए।