धरान, अखिल नेपाल महिला संघ धरान उपमहानगर कमिटीकाे नवौं सम्मेलनबाट अध्यक्ष पदमा हर्षु राई सर्बसम्मत चयन भएकी छन्।

सोमबार धरान-१ स्थीत एमाले पार्टी कार्यालयमा  सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा सिर्जना नेपाल ,सचिव शकुन्तला भुसाल त्रिखत्री, सहसचिव समितागिरी, काेषाध्यक्ष देवीमाया लामा पाख्रिन लगायतको ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो।

Polish_20250820_111309632अखिल नेपाल महिला संघ धरान उपमहानगर कमिटीको अध्यक्ष कल्पना शेर्पाको सभापतित्व तथा संघको केन्द्रिय उपाध्यक्ष मेनका काफ्लेको प्रमुख आतिथ्यमा उक्त नवौं सम्मेलन संघ भएको हो।

Polish_20250820_110908221संघको केन्द्रिय सदस्य सुशिला पहाडी, कोशी प्रदेश अध्यक्ष तथा मन्त्री सिर्जना राई, जिल्ला सचिव  माया राई, नेकपा एमाले धरान नगर कमिटी अध्यक्ष हर्कजंग एभेङ, उपाध्यक्ष पारस काङमाङ राई, नेकपा एमाले कोशी प्रदेश सदस्य तथा पुर्व संघिय सांसद जय बान्तावा राई, एमाले कोशी प्रदेश सदस्य लहरुमाया जिमी, नेकपा एमाले केन्द्रिय सदस्य मन्जु भण्डारी, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा कोशी प्रदेश पूर्व सभामुख प्रदिप भण्डारी लगायतको उपस्थिति रहेकोे थियो।

Polish_20250820_103424324