धरान, हाम्रो व्यामशाला धरान-९ ले हरितालिका तीजको अवसर पारेर 'तीज हंगामा-२०८२' कार्यक्रम सम्पन्न गरेको छ।
आज धरान-१ स्थीत धुलिखेल समाजको भवनमा सम्पन्न कार्यक्रमबाट धरान-७ कि ज्योति लामा 'तीज क्वीन-२०८२' विजेता बनेकी छन्। भने धरान-१२ कि सानिया राई उपविजेता बनिन्।
विजेता र उपविजेताले गिफ्ट ह्याम्पर र गरिमा डान्स सेन्टर धरानमा २ महिना नि:शुल्क नृत्य सिक्ने पुरस्कार प्राप्त गरे।
यस्तै कार्यक्रममा बेष्ट क्याटवाक धरान-९ कि दिपिका श्रेष्ठ, बेष्ट डान्सरद्वय धरान-१६ कि अनिसा दाहाल र धरान-१३ कि सृना राई बन्न सफल बने। उनीहरूले गिफ्ट ह्याम्पर र भदौ ७ गते धरान-१, धुलिखेल समाजमा हुने 'गरिमा तीज उत्सव-२०८२' कार्यक्रममा प्रवेश टिकट पुरस्कार पाएका छन्।
आयोजक हाम्रो व्यायामशाला धरानकी संचालक समिनकला राईको सभापतित्वमा भएको कार्यक्रमको निर्णायकमा डा.नेबी श्रेष्ठ र कोरियन व्युटि शप धरानकी संचालक सुनिता घिसिङ रहेका थिए भने कार्यक्रमको उदघोषण सन्जु राईले गरिन्।