धरान, हरितालिका तीजको अवसरमा गरिमा डान्स सेन्टर धरानले शनिबार 'गरिमा तीज उत्सव-२०८२' सम्पन्न गरेको छ।

धरान-१ स्थीत धुलिखेल समाजको हलमा आयोजित 'गरिमा तीज उत्सव' कार्यक्रम अन्तरगत आयोजना भएको नृत्य प्रतियोगिता 'गरिमा तीज क्वीन-२०८२'मा विजेता धरान-८ कि अनिता तामाङ भएकी छन्।

यसैगरी प्रतियोगिताको फस्ट रनरअप धरान-३ कि मेन्दो मोक्तान, सेकेन्ड रनरअप धरान-३ कि सोनी बिष्ट बनेकी छन्।

विजेता र उपविजेताहरुले क्राउन, ट्रफी, प्रमाणपत्र, स्यास, गिफ्टह्याम्यर, गरिमा डान्स सेन्टर धरानमा दुई महिना निशुल्क नृत्य सिक्ने अवसर पुरस्कारमा प्राप्त गरेका छन्।

प्रतियोगीहरुलाई विभिन्न टाईटल अवार्ड  समेत प्रदान गरिएको थियो। जसमा बेष्ट डान्स धरान-१० कि मनिता लिम्बू, मोस्ट एक्टिभ धरान-१३ कि सीतादेवि विश्वकर्मा, बेष्ट ड्रेसअप धरान-१० कि राधा बुढाथोकी, बेष्ट मेकअप धरान-१५ कि मीना पाख्रिन घोषित भईन्।

यस्तै मोष्ट चियरफूल धरान-१५ कि माया गुरुङ, बेष्ट स्माईल धरान-७ कि सम्झना बिष्ट, बेष्ट फिगर धरान-९ कि चन्द्र याख्खा, मोष्ट ईनरजेटिक धरान-१९ कि सरिता राई, मोष्ट चार्मिङ धरान-१५ कि रेणुका राई(लिम्बू) घोषित भए।

Polish_20250824_164654267उपाधी बिजेताहरुले ट्रफी, स्यास, गिफ्टह्याम्पर, गरिमा डान्स सेन्टर धरानमा दुई महिना निशुल्क नृत्य सिक्ने अवसर पुरस्कारमा प्राप्त गरेका छन्।

उनीहरूलाई ट्रफी र पुरस्कार गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बू, नृत्य निर्देशकहरु बिनिता राई, सरस्वती योगी, धरान-१५ नंबर वडा सदस्य रचना नेपाली, एशियन थाई फुड्स प्रा.लि.का सेल्स अफिसर द्वय अमित गुरुङ, भुवनमणि दाहाल, एलाईनेट जीम धरानका अध्यक्ष बिक्रम लिम्बू, अम्बिका तामाङले प्रदान गरे।

Messenger_creation_AF1AE945-A1F8-4476-B5C9-3C5D2A79EB6Bगरिमा डान्स सेन्टर धरानको प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बूज्युको सभापतित्व तथा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बरिस्ठ अन्कोलोजी / क्यान्सर रोग विशेषज्ञ डा. सोनिया दुलालको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको निर्णायकहरु नृत्य निर्देशक द्वय सरस्वती योगी, विनिता राई रहेका थिए। 

Messenger_creation_9D8312AA-312F-4807-9C36-733C57ED8303उक्त कार्यक्रममा गरिमा डान्स सेन्टर धरानको कलाकारहरुले विभिन्न तीजको गीतहरुमा नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरे भने कार्यक्रम संचालन सन्जु राईले गरिन्।

Messenger_creation_2577373C-25DE-4F97-B2B6-1D96F64FADF3

Messenger_creation_322E5E05-AAA0-4FEE-BC37-F7364292463F

Messenger_creation_6D393D48-4829-4829-8EDE-CA994A909659

तस्बिर : प्रशान्त श्रेष्ठ