धरान, दुहबी जेसीजको आयोजना तथा दुहबी नगर पालिकको संयोजनमा भएको 'मिसेस तीज-२०८२' सीजन ५ को विजेता बुढीगंगा गाउँ पालिका-६ कि मनिका चौधरी बनेकी छन्।

आज दुहबीमा सम्पन्न प्रतियोगितामा फस्ट रनरअप गढी गाउँ पालिकाकी अनुषा चौधरी र सेकेन्ड रनरअप दुहबी नगरपालिका-८ कि कौशिला राई बनिन्।

विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपले जनही क्रमशः नगद २५ हजार पाँच सय, २० हजार पाँच सय, १५ हजार पाँच सय सहित क्राउन, स्यास, प्रमाणपत्र, गिफ्टह्यापर पुरस्कारमा प्राप्त गरेका छन्।

उनीहरूलाई कार्यक्रमका सभापति दुहबी जेसीजका अध्यक्ष कृष्ण चौधरी र प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख वेद नारायण गच्छदारले पुरस्कार प्रदान गरे।

Polish_20250825_220737896प्रतियोगिताको सहभागीहरलाई विभिन्न टाईटल अवार्ड समेत प्रदान गरिएको थियोे।

जसमा बेष्ट ड्रेस प्रमिला चौधरी, बेष्ट मेकअप सबिना श्रेष्ठ, बेष्ट पर्सन्यालिटी शिहा माझी, बेष्ट पब्लिक चोईस चन्द्रिका चौधरी, बेष्ट हेयर पबित्रा चौधरी, बेष्ट स्माईल कुसुम खड्का, बेष्ट वाक जुनी चौधरी, बेष्ट कन्डक्ट प्रतिभा चौधरी, व्युटि विथ ब्रेन हेमलता चौधरी, बेष्ट कपल रमिता चौधरी र सन्तोष चौधरी घोषित भए।

सबै टाईटल अवार्ड बिजेताले जनही ७ हजार ५ सय नगद, स्यास, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे।

प्रतियोगिताको प्रमुख निर्णायक थारु कला केन्द्रका अध्यक्ष तथा पूर्वान्चल विश्वविद्यालयका सहायक प्राध्यापक बिएन चौधरी तथा निर्णायकहरुमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुमित्रा भट्टराई र मनिला खड्का रहेका थिए।

Polish_20250825_205850877महिलाहरूको प्रतिभा र क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजित उक्त प्रतियोगितामा सुनसरीको दुहबी नगरपालिका र गढि गाउँ पालिका सहित बुढीगंगा गाउँ पालिकाका २१ जना विवाहित महिलाहरूले सहभागिता जनाएका थिए।

Polish_20250825_205924707Polish_20250825_220650518