धरान, हरितालिका तीजमा देशका विभिन्न स्थानका शिव मन्दिरहरुमा पुजापाठ, नाचगान भईरहेको बेला आज धरान–६ स्थीत शिव मन्दिर परिसरमा पनि पुजापाठ र नाचगान कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय तीजको ब्रत बस्ने र पुजापाठ गर्ने महिलाहरुको लागि पहिलो पटक शिव मन्दिर आध्यात्मिक समाज धरान–६ पानबारीले उक्त पुजा गर्ने र नाचगान गर्ने कार्यक्रम आयोजना गरेको हो।

धरान उपमहानगरपालिका ६ नंबर वडा कार्यालयको सहयोग र सहकार्यमा शिव मन्दिर आध्यात्मिक समाजले सामुहिक नृत्य सँगै अन्तर समुह/संस्था र मौलिक सामुहिक तीज नृत्य प्रतियोगिता र एकल नृत्य प्रतियोगिता आयोजना गरेको छ।

Polish_20250826_203655329आयोजक समाजकी उपाध्यक्ष देबी बस्नेतको सभापतित्व तथा कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतको प्रमुख आतिथ्य, धरान उपमहानगर पालिका ६ नं वडा अध्यक्ष भुपेन्द्र भट्टराईको विशेष आतिथ्यमा भएको प्रतियोगितामा धरान–६ पानबारीका विभिन्न महिला समुह/संस्थाको सामुहिक तथा एकल नृत्य प्रस्तुती भएको थियो। 

Polish_20250826_205750337सामुहिक नृत्य प्रतियोगितामा मंगलमहादेव कृतन समुह प्रथम बने भने आयोजक शिव मन्दिर आध्यात्मिक समाज दोस्रो र सरस्वती टोल बिकास संस्था तेस्रो भए। 

Polish_20250826_204817446यसैगरी एकल नृत्य तर्फ मनिषा लुङ्गेली प्रथम, बबिता दाहाल दोस्रो र सिलु राउत तेस्रो बने। Polish_20250826_203506887धरान उपमहानगरपालिका ६ नंबर वडाकी महिला तथा बालबालिका संयोजक यसोदा सुबेदी लामिछानेको संयोजनमा भएको उक्त प्रतियोगिताको प्रमुख निर्णायक गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक/नृत्य निर्देशक तथा नृत्य निर्देशक संघ सुनसरी अध्यक्ष मणिकुमार लिम्बु र निर्णायकहरुमा गरिमा डान्स सेन्टर धरान तथा एरा आर्ट एण्ड मिडिया प्रा.लि.की संचालक सन्जु राई र नृत्य निर्देशक सबिना बिश्वकर्मा रहेका थिए। 

Polish_20250826_205539208बिशेषगरी तीजको ब्रत पानी समेत नखाई बस्ने परम्परा भएकाले तीजका बेला स्थानीय महिलाहरुले शिवको पुजा गर्न अन्यत्र टाढा जान नपरोस् भन्ने साथै स्वस्थ्य समस्या भएका महिलाहरुलाई पनि सुविधा होस भन्ने उदेश्यले उक्त शिव मन्दिरमा सामुहिक तीजको आयोजना गरिएको संयोजक यसोदा लामिछानेले बताएकी छन्।

Polish_20250826_203756815