बिर्तामोड, चलचित्त पत्रकार संघ नेपाल झापा शाखाको अधिवेशन आगामी कात्तिममा हुने भएको छ।

संघको आज बसेको बैठकले केन्द्रीय सर्कुलर अनुसार कार्तिकमा अधिवेशन गर्ने निर्णय गरेको हो।

संघले अधिवेशनको अवसरमा झापामा रहेर चलचित्र क्षेत्रमा योगदान पुर्याउने एक जना पत्रकारलाई ११ हजार १५१ रुपैयाँसहित सम्मान गर्ने भएको छ भने एक जना पत्रकारलाई पाँच हजार १५१ रुपैयाँसहित चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भएको संघका अध्यक्ष रमेश तिवारीले जनकारी दिएका छन्।

त्यस्तै, संघकी सदस्य अस्मिता साँखीलाई संघको कोषाध्यक्षमा चयन गरिएको छ। बैठकले सरोज भट्टराई, सुनिरा मैनाली, भरत प्रसाईं र टिकाराम बाँस्तोलालाई संघको सदस्यमा चयन गर्ने सर्वसम्मत निर्णय भएको सचिव एकराज प्रधानले बताएका छन्। संघले नयाँ सदस्यता वितरण समेत गर्न लागेको उनले बताएका छन्।