विराटनगर, प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई झापा र मोरङबाट पक्राउ गरेको छ।

बुधबार दिउसो साँढे १२ बजे झापाको मेचीनगर नगरपालिका-८ स्थीत गिरीगाँउबाट सोही स्थान बस्ने ३२ बर्षीय अजय मेचे र भारत वेष्ट बंगाल, दार्जिलिङ जिल्ला उत्तरा रथखोला भिमराम नक्सलबारी बस्ने ३० बर्षीय टान्टु भन्ने कनकन राह लागूऔषध सहित पक्राउ  परेका छन्।

लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर १०० ग्राम १०० मिलिग्राम सहित पक्राउ गरेको हो।

यस्तै बुधबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका-७ स्थीत पारिजात टोलबाट लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही स्थानका ४२ बर्षीय लाल बहादुर लिम्बु र ३२ बर्षीय पदम बहादुर अधिकारी रहेका छन्।  उनीहरूको साथबाट लागूऔषध ब्राउन सुगर ६९० मिलिग्राम प्रहरीले फेला पारेको छ।

पक्राउ परेका चारैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ।