काठमाडौं, मिस नेपाल २०२५ कि विजेता लुना लुइँटेल बनेकी छन्।

‘द हिडन ट्रेजर’द्वारा ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार आयोजित मिस नेपालको ग्रान्ड फिनालेमा बिजेता बन्दै उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन्।

विजेता लुइँटेललाई पूर्व मिस नेपाल आस्मा कुमारी केसीले ताज पहिर्याइ दिएकी छन्।

Polish_20250831_042453766ग्रान्ड फिनालेबाट फस्ट रनरअप बन्दै दिपशिखा नेपाल मिस कस्मो २०२५ बनिन्। भने सेकेन्ड रनरअप बन्दै उरुशा भण्डारी मिस नेपाल इन्टरनेशनल २०२५ र थर्ड रनरअप बन्दै सोनी घले मिस नेपाल अर्थ २०२५ बनेकी छन्।

FB_IMG_1756590285174फस्ट रनरअपले भियतनाममा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता हुने छन्। भने सेकेन्ड रनरअपले जापानमा र थर्ड रनरअपले फिलिपिन्समा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन्।

प्रतियोगितामा सुरुमा २६ जना प्रतिस्पर्धी सहभागी भएका थिए। पहिलो चरणमा १२ जना छानिएका थिए भने अन्तिम फाइनलमा उत्कृष्ट ४ मध्येबाट विजेता छनोट भएका हुन्।

FB_IMG_1756590280916यस्तै प्रतियोगितामा अन् १४ वटा सबटाइटल तर्फ मिस इन्टलेक्चुअल श्रुति महर्जन, मिस हेल्दी स्किन आरती थापा, मिस ग्रिन भिजिनरी जगदिश्वरी शाह, मिस वुमन विथ विंग्स नीलिमा पोखरेल, मिस कन्फिडेन्ट प्रज्ञिका क्षेत्री, मिस प्रिस्टिन प्रियङ्का थापा, मिस टाइमलेस इलिजेन्स उरुषा भण्डारी बने। 

यस्तै मिस फेस अफ द इयर स्मृति श्रेष्ठ, मिस इम्पावर्ड च्वाइस दीपशिखा नेपाल, मिस डिलाइटफूल ह्याप्पीनेस इन्टिलिजेन्ट लुना लुइँटेल, मिस ब्युटीफुल हेयर सइच्छा थापा, मिस पपुलर च्वाइस उरुषा भण्डारी, मिस फोटोजेनिक स्मृति श्रेष्ठ, मिस फेस अफ फार्मेसी स्मृति श्रेष्ठ, मिस ब्युटी विथ अर्पस श्रृष्टि कुमारी तामाङ घोषित भए।