धरान, भोजपुर सुनसरी सेवा समाज धरान, सुनसरीको भवन निर्माण सहयोगार्थ धरानमा ‘भीषण साँगितिक साँझ‐२०८२’ आयोजना हुने भएको छ।

पुख्यौली थाकथलो भोजपुर भई हाल सुनसरीमा बसोबास गर्दै आईरहेको भोजपुरेहरुको सामाजिक संस्था भोजपुर सुनसरी सेवा समाजको भवन निर्माण गर्नका लागि साँगितिक साँझ आयोजना गर्न लागिएको समाजका अध्यक्ष रेवती रमण राईले बताएका छन्।

भवन निर्माणको सहयोग संकलन साथै अभियानको थालनी भएको जानकारी गराउने उदेश्यले उक्त साँगितिक साँझ भाद्र २८ गते शनिबार धरान‐१५ स्थीत चुम्लुङ हिममा हुने भएको हो। 

भोजपुर पुख्यौली भई काठमाडौंमा रहेका लोकप्रिय गायक भीषण मुकारुङ राईले द व्याकअप व्याण्डको साथमा एकल साँगितिक प्रस्तुती उक्त ‘भीषण साँगितिक साँझ’मा पस्कने भएका छन्।