धरान, यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८२ सालको बडादशैं असोज ६ गते घटस्थापना गरी सुरु हुने र बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जानकारी गराएको छ।

यसैगरी विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ। टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ।

२०८२ सालको दशैं असोज ६ गतेदेखि सुरु हुन्छ। ६ गते घटस्थापना को दिन बिहान ९ बजेर १३  मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी गराएको छ।

असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ।