चलचित्र ‘जेरी अन टप’ १० करोड बढि कमाउदै

धरान, चलचित्र ‘जेरी अन टप’ १० करोड बढि कमाउने नायक अनमोल केसीद्धारा अभिनित पहिलो चलचित्र बनेको छ। 

चलचित्रले प्रद्धर्शनको १६ दिनसम्म देशभरिबाट १० करोड ५१ लख ४८ हजार ८ सय तीन रुपैया बढि कमाई गरेको छ। चलचित्र बिकास बोर्डले सोमबार चलचित्रको औपचारिक कमाई आकडा सार्वजनिक गरेको हो। 

जस अनुसार चलचित्रले सोही अवधिसम्म तीन लाख ३३ हजार वटा टिकट विक्रि गरि सकेको छ। सुयोग गुरुङद्धारा निर्देशित पर्वतीय एडभेन्चर रोमान्टिक चलचित्र २०८२ सालको उत्कृष्ठ कमाई गर्ने चलचित्र मध्ये पर्दछ। 

अनमोल केसी सहित आचल शर्मा, जसिता गुरुङ, केदार घिमिरेको पनि अभिनय रहेको छ।