विराटनगर, सुनसरी, मोरङ र ताप्लेजुङको  बिभिन्न स्थानहरुबाट लागू औषध ओसार पसार तथा बेचबिखनमा सम्लग्न २ महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

मंगलबार धरान-१९ का समिर बिश्वकर्मा र अर्जुन बिश्वकर्मालाई २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई धरान स्थीत अस्थायी प्रहरी चौकी बरगाछीले नियन्त्रणमा लिएको हो।

यसैगरी इलाका प्रहरी कार्यालय धरानले प्र-१-०२-०५३ प ९९८२ नम्बरको मोटरसाइकल चालक धनकुटा सहिदभुमी गाउँपालिकाका सिद्वार्थ राईलाई ११ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ। 

त्यस्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका-६ का रोशन पोख्रेललाई प्रतिवन्धित औषधी ६८ चक्की सहित पक्राउ गरेको छ। पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ।

उर्लाबारी नगरपालिका-१ कि दुर्गा देवि भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित प्रहरीले पक्राउ गरेको छ।

भने संकास्पद अवस्थामा रहेका उर्लाबारी नगरपालिका-१ गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

उनीहरुलाई मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

यसैगरी पथरी शनिश्चरे नगरपालिका-१० की विनिता लिम्बुलाई १ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानीले विराटनगर-११ का प्रशान्त राईलाई २७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

उनीहरुलाई चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी टोलीले पक्राउ गरेको हो।