काठमाडौँ, नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पदमा उदय सुब्बा निर्वाचित भएका छन्।
सोमबार सम्पन्न निर्वाचनमा अध्यक्ष, महासचिव र सचिव पदमा मतदान गरिएको थियो।
उपाध्यक्षमा ज्योतिराज राई विजयी भए भने रौनक विक्रम कँडेल उपाध्यक्ष (ख) मा निर्विरोध चयन भए। महासचिव खगेन्द्र लामिछाने र सचिव युवराज गिरी निर्वाचित भएका छन्। कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध बने।
कार्यसमिति सदस्यमा श्रीधर पौडेल, टंकबहादुर बुढाथोकी, मनोजकुमार अधिकारी, घनेन्द्र थपलिया, राजकुमार पण्डित, प्रविण कार्की र चुम्बनजंग शाही निर्विरोध चयन भएका छन्।
अध्यक्षमा उदय सुब्बा र सुनील कुमार थापाबीच प्रतिस्पर्धा भएको संघको यो १९औँ वार्षिक साधारणसभा हो।



प्रतिक्रिया