मोरङ, लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर-१३ बाट मंगलबार जहदा गाउँपालिका-१ का उपेन्द्र यादव र अजय कुमार यादवलाई ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।

लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेका उनिहरु दुवै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।