धरान, आगामी पुस १४ गते विजेतालाई एकलाख पुरस्कार सहित ट्रफि पुरस्कार प्रदान गरिने ‘स्कूल डान्स आइडल २०८२’ नृत्य प्रतियोगिता धरानमा हुने भएको छ।

युनाइटेड डान्स एकेडेमी धरानको नवौं संस्करण अन्तर्गत स्कूल डान्स आइडल प्रतिस्पर्धामा धरानका ४४ वटा विद्यालयका ५ हजार ३ सय ३५ विद्यार्थीहरू सहभागी भएका थिए।

जेठ २६ गतेबाट सुरू प्रतियोगितामा  हाल उत्कृष्ट १० जना विद्यार्थी छनौट भएकाछन् । उनिहरूबीच आउने पुस १४ गते अन्तिम प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका विजेताले नगद एक लाख सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने युनाइटेड डान्स एकेडेमी धरान ९ का प्रबन्धक सन्तोष तामाङले जानकारी दिएका छन्।

अन्तिम प्रतिष्पर्धामा सियोन स्कूलकी प्रयुसा राई, युनाइटेड गोर्खाकी दिपशीखा राई, होलिल्यान्ड स्कूलका हिमाल तामाङ, शिक्षा सन्देश स्कूलकी आयुष्मा कटवाल, शिक्षा सन्देश स्कूलकी नुयङ्मी राई, भिक्टोरी स्कूलकी टीका मगर, पर्वत स्कूलकी युनिशा राई, सिर्जना स्कूलकी सुनैना सेन्चुरी, विष्णु मेमोरियल स्कूलकी इशा राई, युएन स्कूलकी रुबिना लिम्बूबिच प्रतिस्पर्धा हुनेछ।

आज आयोजकले पत्रकार सम्मेलन गरेर  प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरेको छ।

अग्रज पत्रकार तथा मजदुर नेता भिमज्वाला राईको बाहुलीबाट ट्रफि  सार्वजनिक गरेको छ। सम्मेलनको अध्यक्षता हर्क तामाङको सभापतित्वमा भएको हो।

पत्रकार सम्मेलनमा प्रतियोगिताका अन्तिम प्रतिष्पर्धी विद्यार्थीहरू, तिनका अभिभावकहरू र अघिल्लो वर्षका विजयीलाई समेत सहभागी गराईएको थियो।

"कला तपाईंको, मञ्च हाम्रो" नारा रहेको डान्स आइडललाई आगामी वर्ष थप परिष्कृत गर्दै लगिने अध्यक्ष तामाङले बताए।