विराटनगर, लागूऔषध ब्राउन सुगर सहित प्रहरीले ४ जनालाई पक्राउ गरेका छन्।
प्रहरीले झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट शनिबार ४ जनालाई पक्राउ गरेको हो।
शनिबार बेलुकी ५ बजे इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ का ३० बर्षीय देवराज खड्का र ३२ बर्षीया सुस्मिता राईलाई ब्राउन सुगर ३ ग्राम ३१० मिलिग्राम सहित पक्राउ गरेको छ।
यसैगरी विराटनगर महानगरपालिका १७ बाट सोही स्थानका २३ बर्षीय साबिर मिया ब्राउन सुगर १०० मिलिग्राम र बेलबारी नगरपालिका ११ बस्ने ३२ बर्षीय निशान मगर ब्राउन सुगर ३२० मिलिग्राम सहित पक्राउ परेका छन्।
उनीहरूलाई शनिबार रातीअस्थाई प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया