धरान, याक्थुङ लिम्बु समुदायको मौलिक साँस्कृतिक चाँड 'चासोक तङ्नाम-२०८२' धरानमा यहि मंसिर १८ गते देखि २२ गतेसम्म मनाइने भएको छ।

धरान-१५ स्थीत चुम्लुङ हिममा पाँच दिने 'चासोक तङ्नाम साँस्कृतिक उत्सब' कार्यक्रमको आयोजना गरि 

चासोक तङ्नाम मनाइने किराँत चुम्लुङ धरान नगर समितिले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।

याक्थुङ मुन्धुम अनुसार आदिम सावायेहाङका अगुवा स्त्री मुजिङ्ना खेयङ्नाले तागेरा निङ्वाफुमाङबाट तिन महिना पाक्ने अन्नबालिको बिउ दिएको र मर्चा बनाउने तरिका सिकाए पछि यो चासोक तङ्नाम चलन सुरु भएको मानिन्छ।

यस चाडमा लिम्बू जातिले उधौलीमा नयाँ अन्नबाली आफ्ना इष्ट देवी देवतालाई अर्पण गर्ने, आफन्त, परिवार, इष्टमित्रलाई शुभकामना आदानप्रदान गर्ने गर्दछन्।

विगतको केही वर्ष यता चासोक तङनामको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत गरेर मनाउने गरिएको छ।

जस अन्तरगत धरानको चुम्लुङ हिममा पनि साँस्कृतिक कार्यक्रम आयोजना हुँदै आईरहेको हो। सोही अनुरुप धरानमा यहि १८ गते देखि २२ गते सम्म पाँच दिने 'चासोक तङनाम-२०८२' मा साँस्कृतिक उत्सव आयोजना गरिन लागेको आयोजकले बताएका छन्।