धरान, भोजपुर सुनसरी सेवा समाज धरान, सुनसरीको स्थगत भएको भवन निर्माण सहयोगार्थ ‘भीषण साँगितिक साँझ–२०८२’ आगामी पुष ५ मा हुने भएको छ।
गत भाद्र २८ तय भएको उक्त साँगितिक कार्यक्रम देशको विषम परिस्थीतिका कारण स्थगत गर्नु परेको जानकारी दिदै समाजका अध्यक्ष रेवतीरमण राईले उक्त साँगितिक साँझ आगामी पुष ५ गते साँझ ५ बजेबाट धरान–१५ स्थीत चुम्लुङ हिममा हुने भएको हो।
अध्यक्ष राईको अनुसार पुख्यौली थाकथलो भोजपुर भई हाल सुनसरीमा बसोबास गर्दै आईरहेको भोजपुरेहरुको सामाजिक संस्था भोजपुर सुनसरी सेवा समाजको भवन निर्माण गर्नका लागि साँगितिक साँझ आयोजना गर्न लागिएको हो।
उक्त साँझमा भोजपुर पुख्यौली भई काठमाडौंमा रहेका लोकप्रिय गायक भीषण मुकारुङ राईले द व्याकअप व्याण्डको साथमा एकल साँगितिक प्रस्तुती दिने समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रतापसिंह राईले जानकारी गराए।
उक्त साँगितिक साँझको लागि बितरण गरिएको अघिल्लो मितिको प्रवेश टिकट आगामी पुष ५ गतेका लागि मान्य हुने बताउँदै कार्यक्रमलाई सफल बनाउँन आयोजक लागि परेको सचिव भुवनसिंह बस्नेतले जानकारी गराएका छन्।



प्रतिक्रिया