धरान, भोजपुर सुनसरी सेवा समाज धरानद्वारा आयोजित 'भीषण साङ्गीतिक साँझ–२०८२’ शनिबार सम्पन्न भएको छ।

धरान-१५ स्थित चुम्लुङ हिममा लोकप्रिय गायक भीषण मुकारुङ राईको एकल गायन प्रस्तुती रहेको उक्त साङ्गीतिक साँझमा द व्याकअप व्याण्डका संगीतकर्मीको वाद्यबादनको साथमा भएको थियो।

भोजपुर पुख्यौली भई काठमाडौंमा रहेका गायक राईले आफ्ना लोकप्रिय नयाँ तथा पुराना गीतहरु प्रस्तुत गरि मनोरञ्जन प्रदान गरे। उनका गीतमा दर्शकहरु रमाउदै, झुम्दै, छमछमी नाचे।

20251220_213331उनले गाएको खोर्साने डल्ले देखि चन्द्रमुखी, अंधेरीमा जुन फूल्दा, ए सिम्मा, गाउँघर सुन्यै भो अरे,आलिङ्गनमा लगायतका गीतहरु प्रस्तुत गरे।

आयोजक भोजपुर सुनसरी सेवा समाजका अध्यक्ष रेवती रमण राईको सभापतित्व, बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठको प्रमुख आतिथ्यमा भएको साङ्गीतिक साँझमा समाजका सल्लाहकारहरु संविधान सभा सदस्य किरणकुमार राई, कोशी प्रदेश सभा सदस्य विजय राई, धरानका पूर्व मेयर तिलक राईलगायतको विशेष आतिथ्य रह्यो।

भोजपुर पुर्ख्यौली थलो भई सुनसरीमा बसोबास गर्ने भोजपुरेहरुको सामाजिक संस्था भोजपुर सुनसरी सेवा समाजको भवन निर्माण गर्नका लागि साँगितिक साँझ आयोजना गरिएको समाजका अध्यक्ष रेवतीरमण राईले बताए। 

गत भदौ २८ गते तय गरिएको उक्त भीषण साङ्गीतिक साँझ जेनजी आन्दोलनका कारण स्थगन गरि पुस ५ गते आयोजना गरिएको कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष प्रतापसिंह राईले जानकारी गराए।

20251220_194233