धरान, भेडेटारको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले यहि पुष १६ गते देखि तीन दिन ‘१३औं भेडेटार फुड फेस्टिवल–२०२६’को आयोजना हुने भएको छ।
होटल एशोसिएशन भेडेटारको आयोजनामा यहि पुष १६ देखि १८ गते सम्म भेडेटार चोकमा तीन दिन १३औ भेडेटार फुड फेस्टील आयोजना गरिने बुधबार पत्रकार सम्मलन गरि एशोसिएशनको अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए।
भेडेटारको आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक, कृषि र पर्यटनको क्षेत्रको बिकासमा टेवा पुर्याउने उदेश्यले आयोजना गरिने फेस्टिवलमा स्टल मार्फत स्थानिय, मौलिक जातीय खानाको परिकार तथा स्थानीय उत्पादनका सामाग्रीहरु आगन्तुकका लागि राखिने अध्यक्ष लिम्बुले बताए।
उनका अनुसार अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई भेडेटारमा भित्राउने मुल लक्ष्यको साथ आयोजना गरिने फुड फेस्टिवलमा ५० हजार पर्यटक भित्र्याउने र २ करोड ५० लाख आम्दानी गरिने अपेक्षा रहेको छ।
तीन दिने फेस्टिबल अवधि भरि स्थानिय, मौलिक परिकारका खानपानको साथमा हरेक साँझ गरिमा डान्स सेन्टर धरानको नृत्यसहित चर्चित गायिका मेलिना राई, गायिका दिपा लिम्बु, द प्याराडाईस व्याण्डको गीत संगीत तथा स्थानिय कलाकारहरुको प्रस्तुतीबाट पर्यटकहरुलाई मनोरन्जन दिने एशोसिएशनका सचिव रमेश श्रेष्ठले बताए।
भेडेटारमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई भेडेटारमा भित्राउन हरेक अंग्रेजी नयाँ वर्षमा होटल एशोसिएशन भेडेटारले फुड फेस्टिवल आयोजना गर्दै आएको छ।




प्रतिक्रिया