धरान, होटल एशोसिएशन भेडेटारको आयोजनामा भेडेटारमा जारी तीनदिने ‘१३औं भेडेटार फुड फेस्टिवल’को दोस्राे दिन चर्चित गायिका मेलिना राईले भरपुर मनोरञ्जन दिएकी छिन्।
अंग्रेजी नयाँ वर्ष २०२६को पहिलो दिन नयाँ मनाउन आएका स्वदेशी तथा विदेशी पर्यटनहरुलाई विहिबार साँझ आफ्ना लोकप्रिय गीतहरु गाएर भरपुर मनोरञ्जन दिदै दर्शकहरु नचाईन्।
गायिका मेलिना राईसँगै, गरिमा डान्स सेन्टर धरान, द एलाईस व्याण्ड, सुहाङ द आमाछोरा व्याण्डले पनि दर्शकहरुलाई झुमाउन सफल बन्यो।
यस्तै गायक सुरेश गुरुङ, राजु स्याङ्बो, लिलाराज लावतीको गीत प्रस्तुतीलाई पनि दर्शकले निक्कै रुचाएको थियो।
भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने चाहाना' नारा सहित भेडेटारको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आयोजित तीन दिने भेडेटार फुड फेस्टिवलमा पर्यटकहरुको लागि स्थानिय, मौलिक खानाको परिकारको साथै मनोरञ्जनका लागि हरेक साँझ साँगितिक कार्यक्रमको आयोजना गरिएको हो।
जस अन्तरगत पहिलो दिन गायिका दिपा सुहाङ लिम्बूको गीत, गरिमा डान्स सेन्टर धरानको नृत्य प्रस्तुत गरिएको थियो भने आज फेस्टिवलको तेस्रो तथा अन्तिम दिन द प्याराडाईस व्याण्ड र गरिमा डान्स सेन्टर धरानको प्रस्तुति हुने आयोजक होटल एशोसिएशन भेडेटारको अध्यक्ष तुमराज लिम्बुले बताए।





प्रतिक्रिया