धरान, होटल एशोसिएशन भेडेटारद्वारा आयोजित तीनदिने ‘१३औं भेडेटार फुड फेस्टिवल’ सम्पन्न भएको छ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर भेडेटारको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले पुस १६ देखि १८ गतेसम्म आयोजित फेस्टिवलमा पर्यटकहरुको लागि स्थानिय, मौलिक खानाको परिकारको साथै मनोरञ्जनका लागि हरेक साँझ साँगितिक कार्यक्रमको आयोजना गरिएको थियो।

20260102_184404पर्यटकहरुलाई चर्चित गायिका मेलिना राई, गायिका दिपा सुहाङ लिम्बू, द प्याराडाईस नेपाल व्याण्ड, सुहाङ एण्ड द आमा छोरा व्याण्ड, गायक गौरव नारायण राई, सुरेश गुरुङ, लिलाराज लावती, राजु स्यङ्बो लगायतले गीत गरिमा डान्स सेन्टर धरान र स्थानिय कलाकारले नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरे।

20260102_215216यसैगरी पर्यटकहरुको मनोरन्जन लागि खेल मन‍ोरन्जन, स्थानिय कृषि उत्पादन साथै स्वदेशी कम्पनीहरुको उत्पादनको बिक्री तथा प्रदर्शनी समेत गरिएको थियो। 

आयोजक होटक एशोसिएशन भेडेटारको अध्यक्ष तुमराज लिम्बुको सभापतित्वमा पुस १६ गते प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरि सुरु भएको फेस्टिवल १८ गते साँगुरीगढी गाउँ पालिकाका प्रमुख जितेन्द्र रुम्दालीको प्रमुख आतिथ्यमा समापन भएको हो।

20260102_161930साँगुरीगढीको पर्यटन प्रवर्द्धनमा पत्रकारिता मार्फत योगदान दिने दुई पत्रकारलाई उदघाटन कार्यक्रममा सम्मान गरिएको थियो भने समापन कार्यक्रममा साँगुरीगढीको कृषि क्षेत्रको विकासका लागि ६ प्रकारका कृषि उत्पादन बालीका आधारमा कृषकहरुलाई पुरस्कृत गरिएको छ।