धरान, साँगुढीगढी गाउँ पालिकाको कृषि, पर्यटन र पूर्वाधारको विकास गर्ने उदेश्यले भेडेटारमा कृषि मेला–२०८२ सम्पन्न भएको छ।

होटल एशोसिएशन भेडेटारको आयोजनामा पुष १६ देखि १८ गते सम्म संचालित १३औं भेडेटार फुड फेस्टिबल २०२६ अन्तरगत संचालित कृषि मेलामा साँगुरी गढीका १० वटै वडाका कृषकहरुको उत्पादन प्रदर्शनीमा राखिएको थियो। 

प्रदर्शनीमा राखिएको साँगुरीगढीमा उत्पादित ६ बटा बाली समुहबाट कृषकहरुलाई शुक्रबार फेस्टिबलको समापन कार्यक्रममा पुरस्कृत गरिएको छ। जसमा 

तरकारी बाली समुहबाट रायो साग बाली उप समुह अन्तगत प्रथम नाम्जेका केशर कटुवाल, फर्सीबाट दोस्रो फाक्सीबकी सृजना लिम्बु, रायो सागबाट तेस्रो  नाम्जेका बालकृष्ण मगर बनेका छन्।

यसैगरी फलफूल बाली समुहमा बाली उप समूह सुन्तला अन्तरगत प्रथम डाँडा बजारकी मनमाया लिम्बु बनेकी छन्। कागती बालीबाट दोस्रो डाँडा बजारका दुर्गा प्रसाद लिम्बु र किवीबाट तेस्रो खुवाफोकका पर्शुराम घिमिरे बनेका छन्। 

खाद्यान्न बाली समूहको बाली उप समुह अन्तरगत धानबाट प्रथम फाक्सीबकी टिकादेखि पोख्रेल, मकैबाट दोस्रो फाक्सीबकै धनमाया लिम्बु, मकैबाट तेस्रा बुढिमोरङ्गकी अस्मिना राई बनेका छन्।

नगदे÷औद्योगिक बाली समूहबाट बाली उप समुह अन्तरगत अदुवाबाट प्रथम आहालेका जय बहादुर राई, अलैचीबाट दोस्रो फाक्सीबका जगत चेम्जोङ्ग, बेसारबाट तेस्रो आहालेका सुरेश राई बनेका छन्।

आलु बाली समुह अन्तरगत प्रथम डाँडाबजारका भिमराज लिम्बु, दोस्रो फाक्सीबका  शिव प्रसाद लिम्बु, तेस्रो फाक्सीबकी गंगादेबि ग्यालाल बनेका छन्।

विविध बाली समुहमा बाली उप समूह अन्तरगत महबाट प्रथम फाक्सीबका असल चेम्जोङ्ग, पिडालुबाट दोस्रो आहालेकी मिलन माया राई, तरुलबाट तेस्रो फाक्सीबकी प्रभा ढकाल बनेका छन्।

प्रथम बन्ने कृषकले जनही नगद चार हजार, दोस्रोले तीन हजार र तेस्रोले दुई हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन्। 

कार्यक्रममा विजेता, उपविजेतालाई पुरस्कार कार्यक्रमको सभापति होटल एशोसिएशन भेडेटारका अध्यक्ष तुमराज लिम्बु, कार्यक्रमको प्रमुख अतिथी साँगुरीगढी गाउँ पालिकाका प्रमुख जितेन्द्र रुम्दाली राई, विशेष अतिथी उप–प्रमुख मुना राई, प्रमुख प्रशासकिय अधिकृत पुन्यप्रसाद पौडेलले प्रदान गरे। 

साँगुरीगढी गाँउ पालिकाको कृषि पर्यटन, पूर्वाधारको विकास गर्न साथै कोशी पर्यटन वर्ष २०८२लाई सफल बनाउन कृषि मेलाबाट कृषकहरुमा व्यवसायिकरणको अनुभव गराउने, कृषि पर्यटनको प्रवद्र्धन गर्ने, लोप हुन लागेको रैथाने बालीको संरक्षण तथा प्रचारप्रसार गर्ने, गुणस्तरीय बाली उत्पादनमा कृषकलाई उत्प्रेरितका लागि प्रतिष्पर्धा गराउने, कृषकहरुसँग समन्वय बढाउने, कृषकहरुलाई अझ व्यवसायिकरण तर्फ अगाडी बढाउनेलगायतको मुख्य लक्ष्य राखिएको थियो।