धरान, किराँती नयाँ वर्ष ‘येलेदोङ–५०८६’को अवसरमा धरानमा ‘यलम्बर कप खेलकुद प्रतियोगिता’ आयोजना हुने भएको छ।
किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा आगामी माघ १ गते देखि वडा कार्य समिति स्तरीय खेलकुद प्रतियोगिता संचालन हुने आयोजकले आज धरानमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।
सबै भन्दा प्राचिन सम्बत यलम्बर सम्बतको प्रचार प्रसार तथा येले सम्बत सरकारले लागु गर्नु पर्ने भन्दै प्रत्येक वर्ष विभिन्न रचनात्मक कार्यक्रम गरेर किराया सुनसरीले येले दोङ मनाउने गरेको छ। सोही अनुरुप यस पाली यलम्बर कप नामक खेलकुद प्रतियोगिता गर्ने आयोजक किराया सुनसरी अध्यक्ष राजेन्द्र राईले बताए।
अध्यक्ष राजेन्द्र राईका अनुसार प्रतियोगिताको उदघाटन माघ १ गते धरान–१७ स्थीत एन्फा एकेडेमीमा हुनेछ। भने माघ २ गते किराया भवन धरान १० मा ५ किलोमिटर म्याराथुन, माघ ३ गते साकेला साँस्कृतिक पार्क धरानमा बुद्धिचाल (चेस) प्रतियोगिता हुनेछ।
यस्तै माघ ४ गते साकेला साँस्कृतिक पार्क धरानमा छेलो, माघ ५ गते धरान विग फुटसल धरान १५ मा पुरुष फुडसल, माघ ६ गते हाङसा फुटसल धरान ८ मा महिला फुडसल प्रतियोगिता हुनेछ।
यसैगरी माघ ७ गते किरात सुम्निमा भवन ईटहरीमा तानबुने, माघ ८ गते भानुचौकमा बास्केट बल, माघ ९ गते अमर हाट धरान १३ मा ब्याडमिन्टन प्रतियोगिता हुनेछ।
उक्त ‘यलम्बर कप खेलकुद प्रतियोगिता’को समापन धरान १३ अमरहाटमा आयोजना गरि प्रतियोगितामा उत्कृष्ट बन्न सफलहरुलाई पुरस्कार प्रदान गरिने भएको छ।




प्रतिक्रिया