विराटनगर, सुनसरी, मोरङ, झापा र भोजपुर जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-५ का किसन घतानी र दर्लामी मगरको साथबाट ५ ग्राम २१ मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो। 

उनीहरुलाई मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाटको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ बाट नियन्त्रणमा लिएको हो। 

यसैगरी सुनसरीको प्रहरी चौकी भरौलले रामधुनी-६ का सुनिल चौधरी र सुजन राईलाई प्रतिबन्धित औषधी ६२० क्याप्सुल र ५७० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ।

यसैगरी झापाको इलाका प्रहरी कार्यालय दमकले पुस २१ गते चेकजाँचको क्रममा दमक-१ का सुरज कुमाल, कृष्ण बहादुर श्रेष्ठ र मोरङको मिक्लाजुङ-३ की मनिका राईलाई ६ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरे।

यस्तै भोजपुरको अस्थाइ प्रहरी पोष्ट दुम्मानाले आमचोक-८ हतुवाली स्थितबाट बेवारिसे अवस्थामा ८ किलोग्राम  गाँजा फेला पारेको छ।