धरान, पत्रकार सन्जिता धमलाद्वारा सञ्चालनमा ल्याइएको ‘धमला पोडकास्ट’ आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।

उक्त पोडकास्टको उद्घाटन धरान-३, माछा भौडीस्थित पोडकास्टको कार्यालयमा प्रमुख अतिथि चर्चित टिकटक स्टार तथा व्यवसायी भावना राई (पराजुली) तथा विशेष अतिथि पत्रकार धमलाकी आमा झुमा धमलाले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रमका विशेष अतिथिहरु सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गोपाल श्रेष्ठ, इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी भीषणबाबु राई, धरान-१० नम्बर वडा अध्यक्ष विवेक राईलगायतले सफलताको शुभकामना व्यक्त गरे।

20260109_110731