धरान, गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।
इन्डियन आइडल सिजन-३ का विजेता, चर्चित गायक तथा नेपाली-भारतीय चलचित्र अभिनेता प्रशान्त तामाङ हृदयघातका कारण निधन भएको हो।
४२ वर्षको उमेरमा आइतबार दिल्लीस्थित आफ्नै निवासमा अचानक हृदयघात भएपछि उनको असामयिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
इन्डियन आइडल जितेपछि व्यापक चर्चा कमाएका तामाङ्गले गायनसँगै अभिनय क्षेत्रमा पनि आफूलाई स्थापित गरेका थिए।
पछिल्लो समय उनी बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गरेका थिए। जसको डबिङ अझै बाँकी रहेको बताइएको छ। उक्त चलचित्र नै उनको पहिलो हिन्दी चलचित्र थियो, जुन अन्तिम समेत बनेको छ।
यसअघि उनले नेपाली चलचित्र गोर्खा पल्टन, परदेशी, परदेशी–२, लडाईं पहिचानको लगायतका चलचित्रमा अभिनय गरेका थिए। साथै, उनले थुप्रै नेपाली चलचित्र तथा एल्बमका गीतहरूमा स्वर दिएका छन्, जसमा धेरै गीतहरू दर्शक-श्रोतामाझ लोकप्रिय छन्।



प्रतिक्रिया