धरान, गरिमा डान्स सेन्टर धरानद्वारा सरस्वती पुजाको अवसरमा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा माउन्ट हर्मन एकेडेमी धरानमा कक्षा ६ मा अध्ययनरत क्रिसा राई प्रथम भएकी छन्।
यसैगरी दोस्रो जेम्स ई.बोर्डिङ स्कुल धरानमा कक्षा ६ मा अध्ययनरत प्रतीक्षा राई, तेस्रो डपोट सेकेन्डरी स्कुल धरानमा कक्षा ५ मा अध्ययनरत प्रियान्सु राई बने।
प्रतियोगिताको चौथो माउन्ट हर्मन ई.बोर्डिङ स्कुल धरानमा कक्षा ५ मा अध्ययनरत नाङ्छोमा राई बनेकी छन्।
विजेताहरुलाई पुरस्कार गरिमा डान्स सेन्टर धरानकी संचालक सन्जु राई (सुमित्रा) र चलचित्र निर्माता, कलाकार उदय सुब्बाले प्रदान गरे।
शुक्रबार धरान-९ आचार्य लाईन स्थीत गरिमा डान्स,सेन्टर धरानको प्रशिक्षण हलमा भएको उक्त प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशकद्वय बिनिता राई र रबिना तुलाधर रहेका थिए।
विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उदेश्यले हरेक वर्ष सरस्वती पुजाको दिन गरिमामा नृत्य प्रशिक्षण लिईरहेका विद्यार्थीहरू विच नृत्य प्रतियोगिता साथै प्रतियोगिताको संयोजन गरिमाका कलाकार समुहद्वारा भएको गरिमाको प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्वुले बताए।



प्रतिक्रिया