धरान, याक्थुङ चलचित्रकर्मी संघ नेपालले माघ २४ गते शनिबार धरानमा ‘याक्थुङ सिने अवार्ड इन्टरनेश्नल‐२०८२’ को आयोजनामा गर्ने भएको छ।
‘याक्थुङ सिने अवार्ड’को पहिलो संस्करण सफलताको साथ सम्पन्न भई दोस्रो संस्करणको रुपमा उक्त अवार्ड धरान १ स्थीत सुनसरी उद्योग वाणिज्य संघको हलमा हुने आयोजक याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नबिन मेन्याङ्बोले आज धरानमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ।
याक्थुङ चलचित्रकर्मीहरुले निर्माण गरेको याक्थुङ र नेपाली चलचित्रहरुको सम्मान, हौसला र प्रोत्साहन गर्ने उदेश्यले आयोजना हुने अवार्डमा लिम्बु सँस्कृतिमा आधारित चलचित्र र लघु चलचित्र गरि दुई चलचित्र विद्या अन्तरगत उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट नायक, उत्कृष्ट नायिका, उत्कृष्ट नायक, उत्कृष्ट अभिनेत्रीलगायतलाई अवार्ड प्रदान गरिने छ, भने अग्रज तथा बरिष्ट याक्थुङ कलाकारलाई सम्मान अभिनन्दन गरिने छ। यसपाली अर्थात् दोस्रो संस्करणको अवार्डमा लिम्बु पालम र म्युजिक भिडियोलाई पनि समावेश गरिने भएको अध्यक्ष मेन्याङ्बोले जानकारी दिए।
याक्थुङ कला, सँस्कृतिको सम्बद्धर्न, प्रवद्र्धन र स्थानीय क्षेत्रमा बिकास गर्ने उदेश्यले आयोजना गरिन लागेको ‘याक्थुङ सिने अवार्ड इन्टरनेश्नल‐२०८२’ कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्य तथा प्रदेशका विभिन्न नगर पालिका, गाउँपालिकाका प्रमुख, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको उपस्थीति हुने भएको छ।



प्रतिक्रिया