धरान, धरान बक्सिङ संघको आयोेजनामा ‘धरान फाइट नाईट‐२०२६’ बक्सिङ खेल प्रतियोगिता हुँदैछ।

माघ २३ गते शुक्रबार धरान १५ स्थीत चुम्लुङ हिममा उक्त प्रतियोगिता हुने धरानमा मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।

धरानमा बक्सिङ खेलको प्रवद्धर्न र खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजना गर्न लागेको उक्त दोस्रो आइपीएको एण्ड एमेच्योर धरान फाइट नाइटमा महिला र पुरुष गरि दुई विद्यामा प्रतियोगिता हुनेछ।

जस अन्तरगत प्रो र एमेच्योर गरि दुई विधामा विभिन्न तौल समूहका १८ जना खेलाडी सहभागी हुनेछन्। 

शुक्रबार दिउँसो ४ बजेदेखि सुरु हुने उक्त प्रतियोगिताका प्रो तर्फ विजेतालाई मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार ५० हजार नगद प्रदान गरिने छ। यसैगरी उपविजेतालाई मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार २५ हजार प्रदान गरिने छ।

प्रतियोगिताको एमेच्योरतर्फ विजेतालाई नगद १० हजार र उपविजेतालाई ५ हजार नगद पुरस्कारसहित मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजक धरान बक्सिङ संघका सचिव महेश आले मगरले जानकारी दिए।  

प्रतियोगितामा कोशी प्रदेशबाट धरान, धनकुटा, इटहरीसहित नेपाल प्रहरी क्लब, बागमती प्रदेशबाट काठमाडौं र मकवानपुर, सुदूरपश्चिम प्रदेशका कञ्चनपुरलगायतका खेलाडीले सहभागिता जनाउने छन्। 

FB_IMG_1770195645838