धरान, धरान फुटबल क्लबको आयोजनामा धरान रंगशालामा जारी २६ औं अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलमा प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौं विजयी बनेको छ।
न्युरोड टिम (एनआरटि) काठमाण्डौंलाई पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड सेमिफाइलन प्रवेश गरेको हो।
प्लानिङ ब्वाइज युनाइटेडले एनआरटिलाई २-० गोलले पछिपार्दै विजय हुन सफल भएको हो।
प्लानिङ ब्वाइजले खेलको पहिलो हाफको ४३ औं मिनेटमा पहिलो गोल र दोस्रो हाफको ४१ औं मिनेटमा दोस्रो गोल गरेका थिए।
खेलको म्यान अफ दि म्याच प्लानिङ ब्वाइजका गोलकिपर योगेश धिमाल घोषित भए। उनले नगद १० हजार र मेडल प्राप्त गरेका छन्।
भोलि (आइतबार) गत बर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड ललितपुर र नेपाल पुलिस क्लब काठमाडौं बीच खेल हुनेछ। खेलको टिकट दर १०० रुपैयाँ राखिएको छ।
प्रतियोगिताको सम्पुर्ण खेल धरान-१६ स्थित रंगशालामा दिउँसो ठिक २ बजे सुरु हुने आयोजकले जानकारी गराएको छ।




प्रतिक्रिया