धरान, याक्थुङ चलचित्रकर्मी संघद्वारा आयोजित 'दोस्रो याक्थुङ सिने इन्टरनेशनल अवार्ड-२०८२'मा सर्बोत्कृष्ट फिचर चलचित्र ‘नुमाहाङ्मा’ र सर्बोत्कृष्ट लघु चलचित्र 'तङ्सिङ' घोषित भएको छ।
याक्थुङ सँस्कृतिमा आधारित निर्माणका भएका चलचित्रको अवार्ड वितरण कार्यक्रममा फिचर चलचित्र तर्फ सर्बोत्कृष्ट निर्देशक नुमाहाङ्मा’का निर्देशक नियारा कुन्धाक लिम्बू घोषित भए।
शनिबार धरान-१ स्थीत सुनसरी उद्योग वाणिज्य संघको हलमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा सर्बोत्कृष्ट लघु चलचित्र निर्देशक सागर केरुङ घोषित भएका छन्।
यसैगरी फिचर चलचित्र तर्फ सर्वोत्कृष्ट अभिनेता बबिन आङ्देम्बे, सर्बोत्कृष्ट अभिनेत्री बिमला खजुम बने। सर्बोत्कृष्ट चरित्र अभिनेता पुर्ण सेलिङ, सर्बोत्कृष्ट चरित्र अभिनेत्री हस्तमाया फुरुम्बो बने।
लघु चलचित्र तर्फ सर्वोकृष्ट अभिनेता तीर्थराज लिम्बू (तिरज), सर्बोत्कृष्ट अभिनेत्री लक्ष्मी योङहाङ बने।

पालाम तर्फ उत्कृष्ट म्युजिक भिडियो 'मिम्मजीए', सर्बोत्कृष्ट मोडल हिमाल लिम्बू, सर्बोत्कृष्ट पालाम गायक शिव सम्बाहाम्फे, सर्बोत्कृष्ट पालाम गायिका मनु नेम्वाङ बने।
पालाम तर्फ अन्तर्राष्ट्रिय मानार्थ पुरस्कार 'सेम्मुई ता:जेङ' ले प्राप्त गर्यो। याक्थुङ म्युजिक भिडियो गीत तर्फ सर्बोत्कृष्ट याक्थुङ गीत 'मुयाङ्सा एरेना', सर्बोत्कृष्ट गायक ब्रबिन शेर्मा बने।
सर्बोत्कृष्ट गायिका तुलसा लिम्बू बन्न सफल बने। याक्थुङ म्युजिक भिडियो गीत सर्बोत्कृष्ट मोडल मौसम ईम्बुङ बने।
अवार्डको निर्णायकमा कलाकार तथा मुन्धुमविद याशेली योङहाङ, निर्देशक तथा कलाकार प्रेम सुब्बा, पालामविद अम्बिका सम्बाहाम्फे, गायक तथा निर्देशक खगेन्द्र यक्सो, निर्देशक तथा कलाकार विजय संयक लिम्बु रहेका थिए।
याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नवीन मेन्याङ्बोको सभापतित्वमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ईन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।
याक्थुङ लिम्बू चलचित्रकर्मीहरुले निर्माण गरेको लिम्बू सँस्कृतिमा आधारित चलचित्रहरुलाई सम्मान र हौसला, प्रोत्साहन गर्न आयोजित उक्त कार्यक्रममा गीत नोगेन लिम्बुको गीत, पुष्पाञ्जली तिलिङ(चपेतीको आमा)ले नाटक, नायिका परीक्षा लिम्बू,लक्ष्मी योङहाङ, सन्जु थलङ, सारा राई, साईमा खजुम लिम्बूले एकल नृत्य प्रस्तुत गरे।
यसैगरी याक्थुङ कलाकारहरुले सामुहिक नृत्य र मेन्याङ्बो केलाङ समूह धरानले केलाङ प्रस्तुत गरे।





प्रतिक्रिया