धरान, २६औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप अन्तरगत आज सम्पन्न खेलमा सातदोबाटो युथ क्लब, ललितपुरलाई पछि पार्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको छ।
धरान फुटबल क्लबको आयोजनामा धरान-१६ स्थीत रंगशालामा भएको चौथो क्वाटरफाइनलमा झापा-११ ले सातदोबाटो युथ क्लब, ललितपुर २-१ ले हराएको हो।
झापाको जितमा राजेश दाहाल (१७ मिनेट) र एरोन थापा (८९ मिनेट) ले गोल गरे भने सातदोबाटोका लागि बबिरसा (५८ मिनेट) ले गोल गरेका थिए। सातदोबाटोका गोलकर्ता बबिरसाले अन्तिमतिर रातो कार्ड खाँदै मैदान छाड्दा टोली दस खेलाडीमा समेत खुम्चिएको थियो।
खेलको म्यान अफ दि म्याच झापाका एरोन थापा घोषित भए। उनले नगद १० हजार सहित मेडल प्राप्त गरेका छन्।
भोलि (माघ २८ गते) प्रथम सेमिफाइनल खेलमा प्लानिङ्ग ब्वाईज युनाइटेड काठमाडौं र लालीगुरास एशोसिएशन पोखरा बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ।




प्रतिक्रिया