धरान, धरान फुटबल क्लबको आयोजनामा धरानमा जारी २६औं अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाईज युनाटेड क्लब काठमाडौं फाइनल पुगेको छ।
धरान-१६ स्थीत रंगशालामा आज सम्पन्न पहिलो सेमिफाइनलमा लालिगुरास एसोसिएसन पोखरालाई पराजित गर्दै प्लानिङ ब्वाईज युनाटेड क्लब फाइनल पुग्न सफल भएको हो।
प्लानिङ ब्वाईजले २-१ गोलले लालिगुरास एसोसिएसनलाई उछिन्दै फाईलनको यात्रा तय गरेको हो।
खेलको पहिलो हाफको ६ औँ मिनेटमा लालिगुरासका जर्सी न ४४ इस्कन्दर सिध्दिकजोनले गोल गर्दै आफ्नो टिमलाई १ गोलको अग्रता दिलाएका थियो।
यसैगरी खेलको दोस्रो हाफमा प्लानिङ ब्वाईजका जर्सी न २४ का खेलाडी विलियम एलेक्सले १४ औँ मिनेटमा गोल गर्दै गरेर खेल बराबरी बनाएका थिए भने खेलको ४२ औँ मिनेटमा प्लानिङ ब्वाईजका जर्सी न ७ प्रताप सिंह राईले खेलमा अर्को गोल गर्दैँ आफ्नो टिमलाई अग्रता दिलाउदै विजय बनाएका थिए।
खेलमा पहिलो हाफको २४ औँ मिनेटमा विवाद भएपछि रेफ्रिले तिन वटा रेड कार्ड दिएको थियो। कार्ड पाउनेमा प्लानिङ ब्वाईजका जर्सी न २० का खेलाडी पापाइबौ केबे, लालिगुरासका जर्सी न ४४ का खेलाडी इस्कन्दर सिध्दिकजोन र मेनेजर इस्वर बस्यार रहेका थिए।
खेलको म्यान अफ द म्याच प्लानिङ ब्वाईजका जर्सी न ७ प्रताप सिंह राई घोषित भएका थिए। उनले नगद १० हजार र मेडल प्राप्त गरेका छन्।
विजेता हुन सफल प्लानिङ ब्वाईज अब फगुन २ गते फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ।
आयोजकका अनुसार भोलि ( माघ २९ गते) हुने दोस्रो सेमिफाइनलमा झापा-११ झापा र चर्च ब्वाईज क्लब काठमाडौं बिच खेल हुनेछ।



प्रतिक्रिया