धरान, धरान नृत्य कला प्रतिष्ठानको आयोजनामा 'धरान नगरस्तरीय रनिङ शिल्ड अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता-२०८२' तेस्रो संस्करण सम्पन्न भएको छ।

धरान-१५ स्थीत चुम्लुङ हिममा आज आयोजित प्रतियोगितामा पर्वत बोर्डिङ स्कुल प्रथम हुन सफल भएको छ। प्रथम बन्दै पर्वत स्कुलले ट्रफी, प्रमाणपत्र, नगद पचास हजार पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगिताको दोस्रो युनाईटेड गोर्खा एकेडेमी बन्दै ट्रफी, प्रमाणपत्र, नगद पच्चीस हजार पुरस्कार प्राप्त गरेको छ।

तेस्रो बन्दै होलि गार्डेन एकेडेमीले ट्रफी, प्रमाणपत्र, नगद पन्ध्र हजार पुरस्कार प्राप्त गरेको छ। 

प्रतियोगिताको चौथो शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ स्कुल बन्दै ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा धरानका १४ वटा विद्यालयहरु सहभागी भएका थिए। प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशकहरु मणिकुमार राई, नगेन्द्र राई र देव खड्का रहेका थिए।

आयोजक धरान नृत्य कला प्रतिष्ठानकी अध्यक्ष नन्दा राईको सभापतित्व, धरान उप-महानगरपालिकाका कार्यवाहक मेयर आईन्द्र बिक्रम वेघाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष मणिकुमार लिम्बूले गरे भने संचालन सचिव सन्तोष तामाङले गरे।