धरान, १४औँ संस्करणको 'नेवा च्यारेटि धरान १० के रन'को विजेता सन्तोषी श्रेष्ठ र नरेन्द्र सिंह रावत बनेका छन्।
धरान रनद्वारा आज आयोजित रनको पुरुष तर्फको विजेता नेपाली धावक नरेन्द्र सिंह रावत र महिलातर्फको विजेता १३औं धरान रनकी विजेता र अन्तर्राष्ट्रिय हाफ म्याराथनकी पदक विजेता सन्तोषी श्रेष्ठ हुन्।
सन्तोषीले ३७ मिनेट ३७ सेकेन्डमा उक्त दूरी पुरा गरेर प्रथम स्थान हासिल गर्दै मेडल, प्रमाणपत्र, नगद ६० हजार पुरस्कार प्राप्त गरिन्।
यसैगरी नरेन्द्रले १० किलोमिटरको दुरी ३१ मिनेट ५० सेकेन्डमा पुरा गर्दै मेडल, प्रमाणपत्र र नगद ६० हजार पुरस्कार प्राप्त गरे।
रनको ३१ मिनेट ५७ सेकेन्डमा पुरा गरेर केन्याली धावक जुलियस मुरिउकी दोस्रो बने। यस्तै धावक अमिर लिम्बुले ३२ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पुरा गरि तेस्रो बने।
रनको महिला तर्फ दोस्रो धावक पुष्पा सेर्माले ४१ मिनेट ४४ सेकेन्डमा १० के रन पूरा गरिन्, भने तेस्रो बनेकी धावक बनिन प्रिया क्षेत्रीले ४२ मिनेट ३ सेकेन्डमा दुरी पूरा गरेकी हुन्।
रनको दोस्रो बन्ने धावकले मेडल, प्रमाणपत्र र नगद ४० हजार पुरस्कार पाए, भने तेस्रो बन्ने धावकले मेडल, प्रमाणपत्र, नगद ३० हजार पुरस्कार प्राप्त गरेका हुन्।
१२ देखि १५ वर्ष समुहका भित्रका धावक र ४९ देखि ५९ वर्ष समुहका ‘मिड भेट्रान’ समूहका, सुपर भेट्रान महिला पुरुष विजेताहरुले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे।
अण्डर १६ का महिलातर्फ जुही राई विजेता बनिन्। राईले ४७ मिनेट १ सेकेन्डमा दौड पूरा गरिन्।
अण्डर १६ समुहबाट जुलि राईले ५५ मिनेट ६ सेकेन्डमा दौड पूरा गरिन्।
१ घण्टा ११देखि मिनेट १० सेकेन्डमा दौड पूरा गरि सिम्रन बर्देवा तेस्रो भइन्। अण्डर १६ पुरुष तर्फबाट विजेता जीवन हाङ्गबने उनले ३८ मिनेट ५४ सेकेन्डमा दौड पूरा गरे दोस्रो ओसन राई भए उनले ४१ मिनेट २७ सेकेन्डमा दौड पूरा गरेका थिए।
तेस्रो हिमाल राईले भए उने ४४ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेका थिए।
ह्वीलचेयर तर्फबाट धरान रनका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे। साथै सुपर भेट्रान विजेता तथा उपविजेताले गिफ्ट भौचर प्राप्त गरे।
३ हजार ५ सय धावकहरुले सहभागीता जनाएकाे उक्त रनमा चर्चित गायक राजु लामा, भ्वाइस अफ नेपालका विजेता निता थापा मगरलगायतका कलाकारहरूले समेत सहभागिता जनाएका थिए
आज बिहान धरानको भानुचोकबाट साढे ७ बजे सुरु भएको धरान १० के रन पुतली लाइन, देशी लाइन, पुरानो बजार, पिण्डेश्वरर मन्दिर, विजयपुर चोक, रेडक्रस भवन अमरहाट, जिरो प्वाइन्ट, मङ्गलवारे, रत्न चोक, दुर्गा चोक हुँदै भानुचौकमा सम्पन्न भएको हो।



प्रतिक्रिया