धरान, नेकपा एमालेका नेता राजेन्द्र गौतमले राष्ट्रीय राजनीतिमा नेकपा एमालेको उपस्थिती नभए देशको राष्ट्रीयतामाथी खतरा बढ्ने बताएका छन्।
एमाले सुनसरी क्षेत्र नम्बर १ निर्बाचन परिचालन समितिको आयोजना आज (शनिबार)धरान-२ भानुचोकमा भएको विशाल चुनाबी सभालाई सम्बोधन गर्दै नेता गौतमले यस्तो बताएका हुन्।
पुर्व संसद समेत रहेका नेता गौतमले एमाले राष्ट्रवादी सक्ती भएकोले एमालेमाथी चौतर्फी प्रहार भएको बताए। संविधान डिरेल अवस्थामा रहेको बताउदै नेता गौतमले भने ‘संविधानलाई ट्याकमा ल्याउन, लोकतन्त्रको रक्षा गर्न, देशको स्वाधिनता रक्षाको लागि पनि एमालेलाई देशको पहिलो सक्ति बनाउनुपर्छ।'
उनले एमालेलाई कमजोर हुन नदिन सबै एकजुट हुनुपर्ने बताए। विकास निर्माणलाई निरन्तरता दिनलाई पनि एमाले पहिलो सक्ति बन्नुपर्ने बताए। त्यस्तै, एमाले नेता जयकुमार राईले एमालेले धेरै विकाशका कामहरु अगाडी बढाएकोले एमालेले जनतासंग मत माग्ने अधिकार रहेको बताए।
यस्तै, एमाले सुनसरी एकका उम्मेद्वार टिकाराम लिम्बुले सुनसरी १ को चौतर्फी विकासमा आफुलाई समर्पण गर्ने प्रतिबद्दता जनाए। उनले अघिल्ला जनप्रतिनिधिहरुले अघि सारेका अपुरा अधुरा विकास निर्माणका कामहरुलाई पुरा गर्न लाग्ने बताए।
उनले यस क्षेत्रलाई केन्द्रसंग जोड्न पुलको रुपमा काम गर्ने र सुनसरी १ का मतदाताहरुको शिर निहुरी खालको कुनै पनि काम नगरी ईमान्दारी पुर्बक काम गर्ने प्रतिबद्दता जनाए।
कार्यक्रममा समानुपातिक तर्फका उम्मेदवार अधिवक्ता मौसम राईले नेकपा एमालेले सुनसरी क्षेत्र नं १ का जनताको समृद्धिको लागि तयार गरेको चुनावी घोषणापत्र अनुरुप कार्य गर्ने प्रतिबद्दता जनाईन्।
सभालाई सम्बोधन गर्ने क्रममा नेकपा एमाले केन्द्रीय सदस्य मन्जु भण्डारीले नयाँ वा पुरानो दल भनेर भन्दा पनि जनताको समृद्धि गर्न सक्ने क्षमतावान् पार्टीलाई चुन्नुपर्ने आशय व्यक्त गरिन्।
यस्तै नेकपा एमाले नेता तथा कोशी प्रदेशका पूर्व सभामुख प्रदिप भण्डारीले विगतमा नेकपा एमाले सरकारमा हुँदा ल्याएको बजेटबाट सडक, विजुली, खानेपानी, स्वास्थ, शिक्षा, भुमिहीन सुकुम्बासीलगायतको हितको कार्य गरेको भन्दै त्यसको लाभ उपभोग गर्दै एमालेको मत भड्काउनु नहुने बताए।
भुमिहीन, सुकुम्बासी, पछाडी पारिएको जनताको समृद्धिको लागि नेकपा एमालेबाहेक अन्य कुनै बिकल्प नरहेको भन्दै नेकपा एमालेको 'सूर्य' चिन्हमा मतदान गर्न आग्रह गरे।



प्रतिक्रिया