धरान, पूर्वकै सुन्दर नगर धरान हाल सुन्दर नभएको र धरानको सुन्दरतालाई पुन फर्काउन नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुर्यबहादुर भट्टराई (मनाेज)लाई जिताउनु पर्ने नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए।
धरान-२ भानुचौकमा आईतवार प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ बृहत् क्षेत्रीय जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले धरानको शिक्षा, स्वास्थ, खेलकुद, व्यापार, पर्यटन, कृषि, रोजगारीलगायतको क्षेत्रको बिकास भए पछि मात्र धरानको सुन्दरताको पुर्नताजगी हुने र बताउँदै यसको लागि धरान बिकास गर्ने उम्मेदवार मनोज भट्टराईलाई मतदान गर्नुपर्ने बताए।
हालमा दलाल पुँजीबादी बिकासको ढाचा पछ्याउने अनेकन रंगका नयाँ राजनितीक पार्टी निर्वाचनमा सहभागी भएको भन्दै तिनीहरूको लहडमा नलागी वर्गीय रुपमा तल्लो तहमा रहेको नेपालीहरुको व
समाजबादी बिकास र माक्सबादी बिचार लिएको माथि उठाउने, सर्वहारा र श्रमजीवीहरुको मुक्तिको सपनालाई पूरा गर्ने समाजबादी सिद्धान्त माक्र्सवादी विचार भएको नेकपालाई मतदान गर्नुपर्ने बताए।
उक्त जनसभामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुर्यबहादुर भट्टराई (मनाेज)ले सुनसरी क्षेत्र नं१ मा रहेको धरानसहित नडा, बराहक्षेत्रलगायतको आवश्यकता स्थान अनुसार फरक हुने रहेको र ती स्थानको आवश्यकता अनुरुपको बिकास गर्ने आफ्नो प्राथमिकता रहेको बताए।
सहकारी पीडितको समस्या देखि खानेपानी, हाईटेन्स समस्या समाधान, बराहक्षेत्र-नडा-धरान जोड्ने सडक कालोपत्र गर्ने, विष्णुपादुका, बसन्तटारदेखि कन्यापोखरीसम्मको सडक स्तरोन्नति गर्ने योजना साथै धरान-२०, ४ र ६ नम्बर वडामा विशेष विकास कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए।
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ फ्याकल्टी थप गरी छात्रवृत्ति विस्तार गर्ने, शैक्षिक तथा सांस्कृतिक शहरको परिकल्पना धरानलाई शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गर्दै धरानलाई शैक्षिक शहरसँगै साँस्कृतिक तथा पर्यटन शहरको रूपमा पुनःस्थापित गरिने उनले प्रतिबद्धता गरे।
हिजोको एकात्मक राज्य व्यवस्थालाई फालेर देशमा संघिय,गणतन्त्रको स्थापना महिलाको हकअधिकार, दलित, अल्पसंख्यक, मधेसी, मुस्लिम, धार्मिक अल्पसंख्यकको अधिकार, समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था ल्याउने पुराना पार्टीलाई नयाँ पार्टीले अवमूल्यन गरेको भन्दै ती व्यवस्थाको जगबाट नै नयाँपार्टी स्थापना भएको स्मरण गराईन।
संघिय गणतन्त्र, धर्म निरपेक्ष देशको संविधानको रक्षार्थ आसन्न निर्वाचन रहेको र यसका लागि नेकपाका उम्मेदवारलाई जिताउनु पर्ने संविधान सभा सदस्य किरणकुमार राईले बताए।
यसैगरी आसन्न नियमित निर्वाचन जेनजी बिद्रोहको कारण हुन लागेकोले जेनजीको माग संघिय, गणतन्त्र, सुशासन, न्यायको पक्षको भएकाले जेनजीको माग अनुरुप नेकपाले आफ्नो घोषणापत्रमा राखेकाले नेकपाका उम्मेदवारलाई जेनजी युवाहरुले मत दिनुपर्ने जेनजी युवा युवराज राई(अलौकिक)ले बताए।



प्रतिक्रिया