धरान, सुनसरी क्षेत्र नं. १ अन्तर्गत धरानमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) ले उल्लेख्य अग्रता कायम गरेकी छन्।
धरान १ नं वडामा खसेको जम्मा १ हजार ९६१ मत गणना हुँदा उनले १ हजार १५ मत प्राप्त गर्दै ७१२ मतको अग्रता बनाएकी छन्।
उनकी निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हर्कराज राई (हर्क साम्पाङ)ले ३०३ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेस का उम्मेदवार सुजेन्द्र तामाङले २३३ मत प्राप्त गरेका छन्।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले १६२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी का सूर्यबहादुर भट्टराई (मनोज) ले ९२ मत प्राप्त गरे।
नेकपा एमालेका टिकाराम लिम्बुले ६१ मत प्राप्त गरेका छन्। निर्वाचन कार्यालयका अनुसार १८८० सदर र ८१ मत बदर भएको छ।



प्रतिक्रिया