धरान, सुनसरी क्षेत्र नम्बर १ मा जारी मतगणनामा श्रम संस्कृति पार्टीका हर्क राज राई (हर्क साम्पाङ) अग्रस्थानमा रहेका छन्। 

हालसम्मको गणनाअनुसार उनले ४६५६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (शरिन)ले ३३८७ मत प्राप्त गरेकी छन्।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सूर्य बहादुर भट्टराई (मनोज)ले १०२४ मत पाएका छन्।

यस्तैगरी नेपाली कांग्रेसका सुजेन्द्र तामाङ ले ७२० मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का टिकाराम लिम्बुले ५८० मत पाएका छन्।