धरान, सुर्खेतकी बालिका इनिशा बि.क.को न्यायको माग गर्दै धरानका युवापुस्ता सडकमा उत्रिएका छन्।

उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग राख्दै शुक्रबार शान्तिपूर्ण खबरदारी र्याली मार्फत सडकमा उत्रिएका हुन्।

धरानका विभिन्न स्थानबाट भेला भएका युवाहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै “न्याय देऊ”, “दोषीलाई कारबाही गर” जस्ता नारासहित खबरदारी र्याली गरेका थिए।

र्याली पश्चात् धरानको भानुचोकमा दिप प्रज्वलन तथा कोण सभा भएको थियो। कोणसभामा प्रदर्शनकारी युवाहरूले घटनालाई गम्भीर रूपमा लिएर सम्बन्धित निकायले छिटो र पारदर्शी छानबिन गर्नुपर्ने आवश्यकता रहेको माग राखे।

प्रदर्शनकारीहरूले समाजमा भइरहेका यस्ता घटनाले युवापुस्तालाई आक्रोशित बनाएको भन्दै पीडित परिवारलाई न्याय दिलाउन सबै एकजुट हुनुपर्ने बताएका छन्।