धरान, चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखाको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः प्रेम देवान चयन भएका छन्।
बिराटनगरमा विहिबार सम्पन्न संघको दोस्रो अधिवेशनबाट देवान अध्यक्षमा सर्बसम्मत चयन भएका हुन्।
यसैगरी उपाध्यक्षमा हुसैन सेख, अनुज सापकोटा र पवन साह चुनिएका छन्।
त्यसैगरी सचिवमा सन्तोष बास्तोला, सहसचिवमा सरिता कर्मकार र अफताव अलि तथा कोषाध्यक्षमा कमलेश यादव चयन भएका छन्।
कार्यसमिति सदस्यहरुमा दीपेन्द्र साह, जुगेर दास, सोनु शर्मा, दीक्षा राजवंशी, सुवास भण्डारी, मीना श्रेष्ठ, शिव शंकर यादव, आयुष यादव, नम्रता न्यौपाने र आश्मा राठी रहेका छन्।
नवनिर्वाचित अध्यक्ष देवानले चलचित्र पत्रकारहरुको हकहितका लागि आफू सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। प्रविधिको उच्चतम प्रयोग गर्दै पत्रकारिता पेशालाई नयाँ ढंगले व्यवसायिक रुपमा अगाडि बढाउनु पर्नेमा उनले जोड दिए।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उदघाटन गरेको उक्त अधिवेशनमा चलचित्र पत्रकार संघ नेपाल, कोशीका उपाध्यक्ष बिरेन्द्र साह, सहसचिव बिकल श्रेष्ठ, संयोजक तथा केन्द्रिय सदस्य नरेन्द्र बस्नेतको उपस्थीति रहेको थियो।



प्रतिक्रिया