धरान, याक्थुङ चलचित्रकर्मी सघं नेपाल केन्द्रिय कार्य समितिको चौथो साधारण सभा तथा दोश्रो महाधिवेसन सम्पन्न भएको छ।
धरान-८ स्थीत सहिद सभाहलमा शनिबार सम्पन्न अधिवेशनबाट पुन: नविन मेन्याङवो अध्यक्षमा सर्बसम्मत चयन भएका छन्।
संघको उपाध्यक्षमा उपाध्यक्ष - दिलु सुब्बा (सुनसरी), सैलेन्द्र नाल्बो (काठमाण्डौ), तेज मेन्याङवो (सुनसरी), टेकराज तिगेला (तेर्हथुम), दिलिप फुरुम्बो (झापा ), कर्ण सम्बाहाङफे (सुनसरी) चयन भएका छन्।
यसैगरी महासचिवमा उदय सुब्बा कुरुम्वाङ सचिवमा प्रकास लिम्बु, मणि कुमार लिम्बु, रमेश माबोहाङ, कोषाध्यक्षमा संचमाया वरुम्हाङ, सह - कोषाध्यक्ष सोम सेरेङ चयन भएका छन्।
यस्तैगरी सदस्यमा पुर्णकला तेयुङ, डम्बर कुमारी पयाङगो मेन्याङबो, बादल चेम्जोङ, कृष्ण लावती, गगां राई लिम्बु, टिका चेम्जोङ, दिपसिखा लिम्बु, वेरुजा फोम्बो, एलिषा चोङवाङ, पुष्पाञ्जलि तिलिङ, हेमु स्मृति चोङवाङ, मोति मेन्याङ्वो, प्रेम कुमारि थलङ, सिता लिम्बु, संचमाया पधांक, टिका देवि थलङ, धनमाया माङदेन, नर्वदा संयक लिम्बु,विष्णुमाया वरुम्हाङ, ललिता केदेम चयन भए।
उक्त कार्यक्रममा चलचित्रकर्मी र संचारकर्मीलाई सम्मान गरिएको छ।सम्मानित हुनेमा प्रथम लिम्बू चलचित्र नायिका शोभा खजुम, अभिनेता किसोर सम्बाहाम्फे र चलचित्र पत्रकार मनोज दाहाल रहेका छन्।



प्रतिक्रिया