धरान, चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको तेस्रो अधिवेशन भोलि (सोमबार) हुने भएको छ।

संघको तेस्रो अधिवेशन बिराटनगर, मुनालपथ स्थीत रुबिज होटलमा संघको केन्द्रिय पदाधिकारी, चलचित्रकर्मी, कलाकार, चलचित्र पत्रकार तथा शुभेक्छुक पत्रकार संगठनहरुको उपस्थितिमा हुने भएको हो।

आयोजक चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशकी अध्यक्ष सन्जु राई (सुमित्रा)को अनुसार कोशी प्रदेश अन्तरगतका सुनसरी, मोरङ, झापा र इलामगरी चार जिल्ला शाखाको अधिवेशन सम्पन्न भएर प्रदेश समितिका् अधिवेशन हुन लागेको हो।

अध्यक्ष राईको अनुसार शाखाहरुको अधिवेशन मार्फत सुनसरी शाखाबाट अध्यक्ष सुवास संकल्प श्रेष्ठ(खेमराज), मोरङबाट अध्यक्ष प्रेम देवान, झापाबाट अध्यक्ष एकराज प्रधान र इलाम शाखाबाट अध्यक्ष अतित योङहाङको नेतृत्वमा नयाँ समिति चयन कार्य सम्पन्न भएको हो। 

कोशी प्रदेशमा हाल चार जिल्ला शाखा र प्रदेश समिति गरि जम्मा पाँच वटा समिति रहेका छन्।

उक्त समितिका अध्यक्ष तथा प्रतिनिधिहरु आगामी बैशाख ५ गते काठमाडौंमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा सहभागि हुनेछन्।