धरान, नेपाली चिकित्सक संघ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शाखाको अध्यक्षमा डा. अरुणकुमार सिंह चयन भएका छन्।
धरानमा शुक्रबार सिंहको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो।
संघको वरिष्ठ उपाध्यक्षमा डा.धनकेशर खड्का, उपाध्यक्षमा डा.राजेश प्रसाद साह, महा-सचिवमा डा.दीपेन्द्र मिश्र र सह-सचिवमा डा.देवराज घिमिरे, कोषाध्यक्ष डा.श्रद्धा खड्का, सह-कोषाध्यक्षमा डा.प्रज्वल गजुरेल रहेका छन्।
यसैगरी सदस्यहरूमा डा.दीपक पौडेल, डा.अन्जनी कुमार यादव, डा.विजय कुमार खनाल, डा.पूर्णकला गुरुङ, डा.वीरेन्द्र मण्डल र डा.विष्णु खरेल चयन भएका छन्।
संघको सम्पादक-इन-चिफमा डा. ताराकान्त भगत नियुक्त भएका छन् भने सल्लाहकारका रूपमा प्रा.डा.सुरेश साह चयन भए।
संघका नवनिर्वाचित अध्यक्ष डा.अरुणकुमार सिंहले चिकित्सकहरूबीच आपसी सहकार्य सुदृढ गर्दै ज्ञान आदान-प्रदान, अनुसन्धान प्रवर्द्धन तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा जोड दिने बताए।साथै, आगामी दिनहरूमा स्वास्थ्य शिविर, सेमिनार, तालिम तथा सामुदायिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।
संघले विशेष गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत चिकित्सकहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्दै क्षेत्रीय स्वास्थ्य सेवामा थप योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।



प्रतिक्रिया