धरान, अनाम रंगमञ्च (अनाम नाट्य जमात)को ३८ औं वार्षिकोत्सब सम्पन्न भएको छ।

रंगमञ्चका अध्यक्ष विजय संयक सुब्बाको सभापतित्व धरान उप-महानगरपालिका वडा नंबर १३ का अध्यक्ष नेत्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा आइतबार  विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको हो। 

धरान-१३ स्थित अनाम कार्यालयमा आयोजित कार्यक्रममा ३८औं वार्षिकोत्सबको केक काट्नुको साथै शुभकामना आदानप्रदान र नृत्य प्रस्तुति गरिएको छ।

कार्यक्रममा रंगमञ्चकि सल्लाहकार शारदा शाक्य, धरान-१३ वडाका पूर्व अध्यक्ष हरिप्यारा श्रेष्ठ, आरम्भ नाट्य समूह धरानका अध्यक्ष गोपाल देवान, याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नवीन मेन्याङ्बो, समाजसेवी हरिबहादुर कार्की, गरिमा डान्स सेन्टर धरानका प्रबन्धक/नृत्य निर्देशक मणिकुमार लिम्बूलगायतको कलाकर्मी तथा समाजसेवीको उपस्थिति रहेको थियो।