धरान, सिटी मन्टेश्वरी चिल्ड्रेनस् हाउस एण्ड ट्रेनिङ सेन्टर धरान-१६को तेह्रौं वार्षिक दिक्षान्त समारोह सम्पन्न भएको छ।
धरान-१६ स्थीत याक्खा भवनमा शुक्रबार आयोजित समारोहमा मन्टेश्वरीका उत्रीर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिनुको साथै विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।
IMG-20260411-WA0064
कार्यक्रममा मन्टेश्वरीका विद्यार्थीहरुद्वारा नृत्य, गीत प्रस्तुति साथै साईन्स एक्जिविसन गरिएको थियो।यसैगरी शिक्षकहरुले पनि गीत, नृत्य प्रस्तुत गरे।
Polish_20260411_212809967
मन्टेश्वरीकी निर्देशक ओमु राईको सभापतित्व, धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख ध्रुवराज खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राई, बुद्ध आदर्श बोर्डिङ स्कुलका प्रिन्सिपल दिलिप योगी, मन्टेश्वरीका अध्यक्ष ज्ञानदीप लिम्बूलगायतको उपस्थिति रहेको थियो।
Polish_20260411_212059263