धरान, नयाँ वर्ष २०८३ को अवसरमा न्यु पाथीभरा क्लब भेडेटारले चौथो भेडेटार म्युजिकल नाइट-२०८३"आयोजना गर्ने भएको छ।

बैशाख १ गते भेडेटार चौकमा आयोजना हुने उक्त कार्यक्रममा गायिकाहरु त्रिजा प्रधान, दिपा सुहाङ, द एलाईस व्याण्ड, ज्योति एण्ड द फ्लेमस्को गीत प्रस्तुति हुनेछ। 

यसैगरी गरिमा डान्स सेन्टर धरानको नृत्य तथा स्थानीय कलाकारहरूको प्रस्तुति साथै हाउजी, तम्बोला खेल हुने आयोजकले बताएको छ।

नयाँ वर्षको अवसर पारेर भेडेटार र आसपासका पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्दै पर्यटन भित्र्याउँने उदेश्यले हरेक वर्ष म्युजिकल नाईट आयोजना गरिदै आएको आयोजक पाथीभरा क्लब भेडेटारका सचिव दिपेन सुहाङ लिम्बूले बताए।